Tuesday, September 15, 2009

Magic of Google

गुगल कति कमालको छ भन्ने कुरा जान्न एक जना कलाकारको कर्तब हेरे पुग्छ । अमेरिकाका ४५ वर्षो बिल गुफेले गुगल स्टि्रट भ्यूबाट संसार घुमे । त्यसबाट आफूलाई मन परेका चिजहरु मनमा राखेर चित्र बनाए ।उनले बनाएका चित्रकलाहरुको अहिले यति विघ्न चासो बढेर गएको छ कि उनले ती चित्रलाई १५ सय पाउण्डसम्म बेच्न भ्याइसकेका छन् ।उनी अमेरिका बसीबसी इन्टरनेटबाट बेलायत, स्कटल्याण्ड, इटाली, पmान्स, स्वीजरल्याण्ड र पोर्चुगल घुमे । उनले इन्टरनेटको गुगल स्टि्रट भ्यू घुम्दा मन परेका चिजहरुलाई चित्रमा उतारे । विद्युतीय तवरमा उनले घुमघाम सकेपछि स्कटल्याण्डमा रहेको रातो फोन बक्स, एक्लो घर, न्यूयोर्क शहरको पहेँलो ट्याक्सी, आम्सटरडमको पानी जहाजजस्ता चित्रहरु बनाएका थिए ।उनले खुशी हुँदै पत्रकारलाई भने- "परिवारको रखवाली गर्दै संसारका यी ठाउँ घुम्न पाउनु निश्चय नै खुशीको कुरा हो ।" रोचक कुरा के रहृयो भने, उनले ती ठाउँ आफू सानो छँदा नै घुमिसकेका थिए । आफू कलाकार भइसकेपछि ती ठाउँ फेरि घुम्न नपाएको झोँकमा गुगुलमार्फ् घुमेका थिए । "गुगलले तपाइँलाई राम्रो विकल्प दिएको छ घुम्ने कुरामा", उनले बताए

No comments: